राजनीति

जनताले मोदीविरुद्ध मतदान गरे : कांग्रेस अध्यक्ष खड्गे

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले जनताले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धमा मतदान गरेको बताएका छन् । लोकसभा निर्वाचन २०२४ को प्रारम्भिक मतगणनाले भारतीय जनता पार्टी (भाजपा)ले बहुमत नल्याउने देखाएपछि मंगलबार बेलुकी भारतीय राष्ट्रिय कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो बताएको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष खड्गेका साथमा राहुल गान्धी पनि उपस्थित भएका थिए । सम्मेलनमा उनले लोकसभा निर्वाचनमा कांग्रेसले नेतृत्व गरेको इन्डिया गठबन्धनको प्रदर्शनबारे धारणा राखेका थिए ।

उनले देशमा निर्वाचनको परिणाम आइरहेको लडाईं मोदी भर्सेज जनता बीचको भएको बताए । १८औँ लोकसभा निर्वाचनको जनमत विनम्रतापूर्वक स्वीकार गर्छौँ उनले भने । यसपटक जनताले कुनै एक पार्टीलाई पूर्ण बहुमत नदिएका कारण नतिजा मोदीविरुद्ध गएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *