राजनीति

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, राष्ट्रिय सभा निर्वाचनमा क्रस भोटिङबारे मन्थन

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको बैठक राखेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा, लोसपा, राजमोका शीर्ष नेताहरु सहभागी छन् ।

राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनभित्रबाट भोट क्रस हुँदा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएकी थिइन् । महिला कोटामा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइ्रन् ।

कोशीमा लगातार दुईवटा चुनावमा सत्ता गठबन्धनको उम्मेदवार हारेर एमाले उम्मेदवार जित्नुलाई गम्भीर रूपमा लिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *