राजनीति

राष्ट्रियसभा निर्वाचनका बेला ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको ।

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधवार साँझ ७ः१० बजेतिर बेहोस भएर ढलेका थिए । होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो ।

त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ ।

नोबेलको भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको थप उपचार भइरहेको र अझैसम्म अचेत अवस्थामै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *