रिबन

बिहीबारै नेपाल आएका चिनियाँ नेता मेरियट होटलमा चुपचाप

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल यतिबेला काठमाडौंमा छ । युन्नान प्रान्तीय कमिटीको स्थायी समितिका उपसचिव सी युगाङ नेतृत्वको टोली खुनमिङ हुँदै बिहीबार नै काठमाडौँ आएको हो ।

भारतीय विदेश मन्त्री डा. एस जयशंकर नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सत्ता पक्ष र विपक्षी दलका नेताहरुसँग भलाकुसारी गरिरहेका बेला सी युगाङको टोली काठमाडौं ओर्लेको थियो ।

चाइना इस्टर्न एअरलाइन्सको उडान नम्बर एमयू ९६१७ बाट काठमाडौँ आएको उपसचिव युगाङको नेतृत्वको ६ सदस्यीय टोलीमा चाङ शिचिन, वाङ वेई, डुआन शाओरेन, चेक शुयुन र लि शिहाई छन् । चिनियाँ नेता नक्सालस्थित होटल मेरियटमा बसेका छन् ।

चिनियाँ नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ प्रतिनिधिमण्डल शनिबार स्वदेश फर्किने कार्यतालिका छ । भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणले चिनियाँ नेताको भ्रमण ओझेलमा परेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *