रिबन

चीन र भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट जेएन१ कति हानिकारक ?

काठमाडौं । पछिल्लो केही सातायता चीन, भारत, सिंगापुर, बेलायतलगायतका देशमा कोभिडको नयाँ सबभेरियन्ट जेएन१ तीव्ररुपमा फैलिरहेको छ।

बेलायती पत्रिका डेली स्टारले आफ्नो एक रिपोर्टमा कोभिडको नयाँ भेरियन्टबाट चीनमा ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको जनाएको छ। तर चीनले भने आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन ।

विश्व स्वास्थ्य संगठनले कोभिडको जेएन१ भेरियन्टलाई कम खतराको सूचीमा राखेको छ । चीनमा हाल एक लाख १८ हजार ९७७ कोरोना भाइरसका पोजिटिभ केस रहेको बताइएको छ । जसमध्ये सात हजार ५५७ केस गम्भीर अवस्थाका छन्। यो सबभेरियन्टले वृद्धवृद्धामा बढी घातक देखिने बताइएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ६२८ जनामा कोभिड पुष्टि भएको छ । जसमा कोडिभको सब–भेरियन्ट जेएन१ का संक्रमित ६३ जना रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एकै दिन ६२८ नयाँ संक्रमित थपिएसँगै भारतमा सक्रिय संक्रमितको संख्या चार हजार ५४ पुगेको छ ।

हालसम्म भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या चार करोड ५० लाख ९ हजार २४८ रहेको छ । संक्रमितमध्ये चार करोड ४४ करोड ७१ हजार ८६० जना निको भइसकेका छन् । मृत्यु हुनेको संख्या पाँच लाख ३३ हजार ३३४ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *