खेलकुद

कतारलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाली क्रिकेट टोलीले सोमबार भएको खेलमा कतारलाई लगातार चौथो जित हासिल गर्दै एक खेलअगावै अन्तिम चारमा स्थान बनाएको हो।

कतारले दिएको ७५ रनको सामान्य लक्ष्य नेपालले १०.३ ओभरमा १ विकेट गुमाउँदै भेटाएको थियो ।सो खेलमा ओपनर काजल श्रेष्ठले सर्वाधिक ३२ रन, ओपनर सीता राना मगर १७ र इन्दु बर्मा २० रनमा नटआउट गरेका थिए ।

मलेसियाको बांगीमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको लक्ष्य हासिल गरेको थियो । साची धडवालले बनाएको २१ रनको कतारका लागि सर्वाधिक बन्यो एलिना खान १५ रनमा रनआउट भएकी थिइन् ।

नेपालकी इन्दु बर्मा एक्लैले तीन विकेट, पूजा महतो र कविता जोशीले समान एक विकेट आफ्नो नाममा पारिन्।पालले यसअघि समूह चरणको पहिलो खेलमा मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *