खेलकुद

विश्वकप क्वालिफायरको प्लेअफमा आज नेपाल र युएई खेल्दै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको प्लेअफ अन्तर्गत आज नेपालले युएईको सामना गर्दै छ ।

प्लेअफको सेमिफाइनलमा नेपालले जिम्बाबेको हरारे स्पोर्ट्स मैदानमा खेल्दै छ ।

नेपाल र युएईबीच अहिलेसम्म १३ एकदिवसीय खेल भएको छ । जसमा नेपालले ७ र युएईले ६ खेल जितेका छन् ।

यस खेलको विजेताले सातौ स्थानको लागि आयरल्याण्डसँग खेल्ने छ ।

शुक्रबार भएको प्लेअफको पहिलो सेमिफाइनलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो ।

प्लेअफको फाइनल जित्ने देश सातौं स्थानमा हुने छ भने पराजित हुने टिम आठौ स्थानमा रहने छ ।

साथै सेमिफाइनलमा पराजित दुई देशले नवौं र दशौँ स्थानका लागि खेल्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *