खेलकुद

नेपाललाई ३४० रनको विशाल लक्ष्य, ललितले लिए तीन विकेट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रन बनायो ।

वेस्ट इन्डिजका शाई होप र निकोलस पुरनले शतक बनाए । होप १३२ र पुरन ११५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए । करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।

सुरुको २० ओभरमा नेपालले वेस्टइन्डिजलाई दबाबमा राखेको थियो । ५५ रन बनाउँदा उसको तीन विकेट पतन भइसकेको थियो । तर शाई होप र निकोलस पुरनले पटकपटक जीवनदान पाएपछि नेपाललाई महँगो भएको हो ।

नेपाल र वेस्ट इन्डिजले पहिलोपटक खेलिरहेका हुन् । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *