खेलकुद

अमेरिकाविरुद्ध नेपालको शानदार शुरुवात,चारै विकेट करण केसीको नाममा

काठमाडौं । नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट शुरुवात गरेको छ ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत टस जितेर पहिला बलिङ गरिरहेको नेपालले अमेरिकाका शुरुवाती चार विकेट लिएर खेलमा शानदार शुरुवात गरेको छ ।

नेपालका लागि चारै विकेट करण केसीले लिएका हुन् ।

नेपालले खेलको पहिलो पावरप्लेको १० ओभरमा ४ विकेट लिएर केवल १९ रन दिएको थियो । नेपाली बलरहरुले अमेरिकाका ब्याट्सम्यानलाई शुरुदेखिनै दबाबमा राख्न सफल भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *