काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेको छ ।
आज (सोमबार) साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा सवारी नचलाउने घोषणा गरेका हुन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिए थिए । उनीहरूले बालाजु क्षेत्रमा सडकमा गाडी रोकेर सडक नै अवरुद्ध गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा गरेको आन्दोलनका त्यसक्रममाआफूहरूमाथि हातपात समेत भएको राईले जानकारी दिए ।
‘ उनले भने ,हाम्रा १० बुँदे माग रहेकाले त्यसलाई सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो तर कम्पनीका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल,हिमाल कुँवर लगायत अपरिचित करिब ३० जनाको समूहले हातपात गरेपछि आन्दोलन गर्न बाध्य भएका हौँ ।
सार्वजनिक विज्ञप्ती यस्तो :






