समाचार

सुख्खा बन्दरगाह निर्माणको काम ३ वर्षभित्र सम्पन्न हुने प्रधानमन्त्री प्रचण्डको दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षभित्र सुख्खा बन्दरगाह निर्माण गरिसक्ने उल्लेख गरेका छन्् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ मा सुख्खा बन्दरगाहको काम अब ढिला नगरिकन अघि बढ्ने उनले बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले अबको ३ वर्षभित्र सो बन्दरगाहको निर्माण सम्पन्न हुने र सो निर्माणको काम सकिएपश्चात सुदूरपश्चिमदेखी देशमा व्यापरको ढोका खुल्ने बताए ।

त्रिदेशीय व्यापारको केन्द्र दोधाराचाँदनी बन्न सक्ने संभावनाका साथै यसले देशको आर्थिक विकासमा सहज पुर्‍याउन ठूलो राहत पु¥याउने उनको भनाइ रहेको छ ।

यसैगरि प्रधानमन्त्री प्रचण्डले महाकालीमा पुल निर्माण गर्न र बाँध बनाउन थप सहयोगको आवश्यकता समेत रहेको उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *