रिबन

प्रधानमन्त्रीको सपना देखेका बामदेव माओवादी प्रवेश गर्लान् ?

काठमाडौं । एमाले छाडेर राष्ट्रिय एकता अभियान नामको दल निर्वाचन आयोगमा दर्ता गरेका बामदेब गौतम माओवादी केन्द्रकै चुनाव चिन्ह लिएर उम्मेदवारी दिने भएका छन् ।

निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समय सकिने दिन मंगलबार गौतमले यस्तो घोषणा गरेका हुन् । उनले चुनाव जित्नका लागि माओवादी केन्द्रको चुनाव चिन्ह रोजेको स्पष्टै बताएका छन् । त्यसोत गौतम अहिले पनि राष्ट्रियसभा सदस्य छन् । उनको कार्यकाल अझै ४ वर्ष बाँकी छ । तर नेता गौतम भने राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य बन्ने तरखरमा लागेका हुन् ।

तत्कालिन नेकपाकालमा अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै हिडेका गौतम नेकपा विभाजनका बारेमा मात्रै होइन, एमाले विभाजन हुँदा समेत कतै पनि खुलेका थिएनन् । बाम एकता गर्ने भन्दै आफ्नो समुहका नेताहरुलाई भेला गरेर भाषण गर्ने बामदेब अहिले भने माओवादी केन्द्रको चुनाव चिन्हको सहारा लिने अबस्थामा पुगेका छन् ।

तत्कालिन नेकपा विभाजनको खास दोषी एमाले अध्यक्ष केपी शर्मा ओली रहेको बताउने गरेका गौतमलाई तिनै ओलीले राष्ट्रियसभा सदस्य बनाउन पहल गरेका थिए । गौतमले त्यसबेलामा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने बताउने गरेका थिए । तर त्यसका लागि संविधान नै संशोधन गर्नुपर्ने अबस्था आएपछि भने गौतम व्याक भएका थिए ।

आफु प्रधानमन्त्री बन्नुपर्ने बताउँदै आएका गौतमको प्रतिनिधिसभा सदस्य बन्ने रहर पनि यसकै लागि हो भनेर बुझ्न कठिन छैन । एकपटक भएपनि प्रधानमन्त्री बन्ने रहरसहित गौतम अहिले माओवादी केन्द्रको चुनाव चिन्ह लिन तयार भएका हुन् । तर उनको सपना भने माओवादी अध्यक्ष प्रचण्डको निर्णयमा भर पर्ने देखिएको छ ।

गौतमले यसअघि चुनाव लड्दै आएको प्युठानमा गठबन्धनमै रहेका राष्ट्रिय जनमोर्चाको स्वभाविक दाबी छ भने गौतम उठेको बर्दियामा यसअघि नै पराजित भएका कारण यसपालि पनि त्यस्तै नियति दोहोरिनसक्ने देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *