समाचार

परराष्ट्रमन्त्री खड्का मंगलबार चीन जाने

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् । समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. अगस्ट ०९ देखि ११ सम्म चीन भ्रमणमा जाने भएका हुन् ।

दुई मन्त्रीहरूले १० अगस्ट २०२२ मा चीनको छिङ्दाओमा आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले खड्काको सम्मानमा त्यहीं रात्रिभोज पनि आयोजना गर्नेछन् ।

मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्य भ्रमण सकेर ११ अगस्टमा काठमाडौं फर्किने छन् । यसअघि असार २६ गते चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमणमा आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *