अर्थ

जनार्दन शर्मा पुन: अर्थ मन्त्रीमा नियुक्त, आजै साँझ सपथ

काठमाडौँ । संसदीय समितिले चोख्याएका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन ।

आज मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई अर्थमन्त्रीमा गरेकी हुन । मन्त्री शर्माको आजै साँज सपथ ग्रहण गराउने तयारी छ ।


बजेट निर्माणको सिलसिलामा अपरिचित व्यक्तिलाई मन्त्रालयभित्र प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

यसै बिषयमा छानविन गर्न संसदीय समिति गठन भएको र सो समितिले अर्थमन्त्री दोषी नभएको प्रतिवेदन संसदमा बुझाएसँगै शर्माको मन्त्री बन्ने बाटो खुलेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *