काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
गभर्नर अधिकारीले प्रधानमन्त्री देउवालाई केन्द्रीय बैंकले भोलि सार्वजनिक गर्ने आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे जानकारी गराएको बताइएको छ ।
बिहिबार बेलुकी साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका गर्भनर मौद्रिक नीतिबारे जानकारी गराएर एक घण्टामै निस्केका थिए ।
एमालेको अर्थ विभागमा रहेका एम अधिकारी अहिलेका गभर्नर रहेको भन्दै सत्ता गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठन र सांसदहरुले गभर्नर अधिकारीलाई निलम्बन गर्न माग गरिरहेका छन् ।




