देश

अघि बढ्यो नागरिकता विधेयक, विरोधको सूचना बहुमतले अस्वीकृत

काठमाडौँ । नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधि सभामार्फत अघि बढेकाे छ । बुधबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गरेका हुन् ।

त्यसअघि नेकपा एमालेका सांसद भीम रावल र शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नै बिरोधको सूचना राखेका थिए । तर, उनीहरुको बिरोधको सूचना बहुमतले अस्विकृत भएको थियो ।

याेसँगै प्रतिनिधि सभामार्फत विधेयक अगाडि बढेको हो । यसअघिकाे नागरिकता बिद्येयक फिर्ता लिएर सरकारले नयाँ बिद्येयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । सो बिद्येयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *