रिबन

प्रचण्डले आज पदाधिकारी प्रस्ताव गर्ने

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दै छ । आजको बैठकमा पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याउने भएका छ ।

माओवादी केन्द्रको पूर्व स्थायी कमिटी र इञ्चार्जहरूको मंगलबार बसेको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।

प्रचण्ड निवास खुमलटारमा हिजो बसेको बैठकले आजको केन्द्रीय कमिटी बैठकमा कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो । नेता गणेश साहले आजको बैठकमा पोलिट्ब्यूरो, स्थायी कमिटी गठन गर्ने र पदाधिकारी चयन गर्ने जानकारी दिएका छन् ।

उनका अनुसार सबै प्रस्ताव ल्याउने जिम्मा अध्यक्षलाई दिइएको छ । उनले भने, ‘अध्यक्षले ल्याउने प्रस्ताव सबैले स्वीकार गर्नुपर्ने सहमति छ ।’ मंगलबार बोलाइएको बैठक आजका लागि स्थगित गरेर नेताहरू छलफलमा जुटेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *