ताजा समाचार

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो, अध्यक्ष यादव नयाँ मन्त्रीको नाम लिएर बालुवाटारमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट केन्द्र सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । पार्टीमा चर्किएको आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको जसपाले मन्त्री हेरफेरको तयारी गरेको हो ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।

त्यसका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाइसकेका छन् । स्रोतका अनुसार अध्यक्ष यादवले सामान्य प्रशासन मन्त्रीमा सुशीला श्रेष्ठ, वन तथा वातावरण मन्त्रीमा डा। सूर्य नारायण यादव, कृषि तथा पशुपालन मन्त्रीमा डा सुरेन्द्र यादव तथा भौतिक निर्माण तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राईको नाम सिफारिस गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *