काठमाण्डाै । रबि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यस अघि नै दर्ता भएको राष्ट्रवादी पार्टीलाइ दिइएको छ ।
२०७३ साल मंसिर ३० गते निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ । पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ मिकरानी रहेका छन् । निर्वाचन आयोगका अनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन ।
रविकाे दलमा स्वतन्त्र भन्ने शब्द किन राखिएकाे भनेर यसवारेमा पनि उजुरी परिसकेकाे छ।पार्टीकाे नाममा नै विवाद परेकाे बेला चुनाव चिन्हकाे पनि लफडा थपिएकाे छ।




