रिबन

रामकुमारी झाक्रीले क्वार्टर छाडिनन,पुन मन्त्री दौडमा लागिन

काठमाण्डौं । काठमाण्डौंको शंखमुलमा घर भएकी पुर्वमन्त्री रामकुमारी झाक्रीले अझै एकहप्ता क्वार्टर नछाडने भएकी छिन । उनले घरमा मिलाउन पर्ने थुप्रै काम छन भन्दै क्वार्टर छाडन अटेरी गरेकी हुन । शहरी विकास मन्त्रीबाट हटदा आशु झारेर रोएकी झाक्रीले मन्त्री क्वार्टर नछाडदा यसको असर भने भर्खर मन्त्री भएका मेटमणि चौधरीलाइ परेको छ । काठमाण्डौंको वानेश्वरमा नै डेरा गरि वसेका चौधरीको कोठा सानो भएकोले क्वार्टर नपाउदा पिए देखि पिएओसम्म कहाँ राख्ने भन्ने समस्यामा उनी परेका छन । यहि कारण उनले गार्ड छाडेर डेरामा जान थालेको वताएका छन । तर,आफनै घर भएर पनि झाक्रीले किन मन्त्री क्वार्टर छाडन मानिन त ? नेकपा एकिकृत समाजवादी स्रोतका अनुसार,मन्त्री झाक्री अझै मन्त्रीबाट हटने तयारीमा छैनन । उनले मन्त्रीबाट राजनीनामा दिन अघि एक घण्टासम्म प्रधानमन्त्री शेरवहादुर देउवासंग भेट गरेकी थिइन । अहिले चार जना मन्त्री र एक जना राज्यमन्त्री पठाएको समाजवादीमा झाक्रीले क्वार्टर नछाडेपछि पुन मन्त्री हुन खोजेको आक्षेप लागेको छ । मन्त्रीपरिषदमा अझै एकजना मन्त्री रिक्त रहेकोले सोही पद झाक्रीले ताकेको अनुमान गरिएको छ । कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएपछि सो ठाउ खाली छ । तर,यहि बेलामा जसपामा पनि मन्त्री हेरफेर गर्ने बिषय पेचिलो वनेको र अर्थमन्त्री पनि फेर्नुपर्ने कुरा माओवादीमा पनि चर्केकोले मुद्धा केही लम्विएको छ । यहि मेसोमा पुन मन्त्री हुने दाउमा झाक्री रहेको वुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *