ताजा समाचार

माधवको प्रतिवेदन- षड्यन्त्रका तानाबाना अझै पनि बुनिदैछन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद बैठक सुरु भएको छ । यसअघि, सचिवालय समिति, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ ।

एकीकृत समाजवादीले पहिलोपटक केन्द्रीय परिषदको बैठक बोलाएको हो । करिव १६ सय नेता कार्यकर्ता सहभागी रहेको परिषद बैठक काठमाडौंको कमदादीस्थित प्रज्ञा भवनमा सुरु भएको छ ।

सबै कटिमीमा अध्यक्ष माधवकुमार नेपालद्वरा प्रस्तुत ‘राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन’माथि छलफल भएको छ । परिषद बैठकमा छलफल भएपछि परिवमार्जनसहित उक्त प्रतिवेदन पारित हुनेछ ।

अध्यक्ष नेपालको ३४ पृष्ट लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको छ । प्रतिवेदनमा अन्तर्राष्ट्रिय, राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएको छ ।

अध्यक्ष नेपालले २ नम्बर बुँदामार्फत नेपालको ‘वर्तमान राष्ट्रिय परिस्थिति’लाई मिहीन रुपमा व्याख्या गर्ने प्रयास गरेका छन् ।

आर्थिक–सामाजिक–सांस्कृतिक परिवर्तन हुन सकेन
लामो संघर्षपछि राजनीतिक परिवर्तन भए पनि त्यसअनुरुप आर्थिक–सामाजिक–सांस्कृतिक परिवर्तन हुन नसकेको उनको ठहर छ ।

प्रतिवेदनमा अध्यक्ष नेपालले भनेका छन– ‘आज मुलुक एउटा विशिष्ट अवस्थामा छ । लामो संघर्षपछि मुलुकमा जुन राजनीतिक परिवर्तन आएको छ तदनुरूप आर्थिक–सामाजिक–सांस्कृतिक परिवर्तन हुन सकेको छैन ।’

अध्यक्ष नेपालले आर्थिक–सामाजिक–सांस्कृतिक परिवर्तन हुन नसक्नुको पछिल्लो कारणको रुपमा केपी शर्मा ओलीले गरेको पछिल्लो असंवैधानिक कदमलाई समेत कारण भनेको छन् ।

कानुनी र सडक संघर्षको बल ओली प्रतिगमन पराजित गर्न सफल भएता पनि नेपालको राजनीतिक आकाशमा कालो बादल अझै पनि मडारिरहेको अध्यक्ष नेपालको निष्कर्ष रहेको छ ।

षड्यन्त्रका तानाबाना अझै पनि बुनिदै छन्
हालै सम्पन्न स्थानीय तह निर्वाचनले संविधान र लोकतन्त्रको सुदृढीकरणमा केही सकारात्मक योगदान गरेता पनि अभैm राजनीतिक स्थिरताको प्रत्याभूति कायम हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ– ‘नेपाली राजनीतिक आकाशमा अस्थिरताका काला बादल अभैm पनि मडारिरहेका छन् । प्रतिगमनकारी षड्यन्त्रका तानाबाना अभैm पनि बुनिदै छन् । हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएबाट संविधान र लोकतन्त्रको सुदृढीकरणमा केही सकारात्मक योगदान अवश्य भएको छ तर अभैm पनि राजनीतिक स्थिरताको प्रत्याभूति कायम हुन सकेको छैन ।’

गठबन्धनको अविश्य अनिश्चित
स्थानीय तह निर्वाचनमा गठबन्धनबाट अपेक्षाकृत फाइदा नभएको एकीकृत समाजवादीको आधारभूत निष्कर्ष हो । अध्यक्ष नेपालले आगामी आम निर्वाचनले गठबन्धनको भविष्य निर्धाण गर्ने उल्लेख गरेका छन् ।

गठबन्धनको भविष्यबारे अध्यक्ष नेपालले भनेका छन– ‘यतिबेला पाँचदलीय गठबन्धन कायम रहन्छ कि रहदैन भन्ने प्रश्न उठेको छ । अबको केही महिनापछि हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन कस्तो हुन्छ र त्यसपछि मात्रै परिस्थिति कसरी अगाडि बढ्ला भन्ने प्रश्न पनि उठेको छ ।’

वाह्य शक्तिहरूको चलखेल
अध्यक्ष नेपालले प्रतिवेदनमार्फत अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेकाले राजनीति अनिश्चियात्मक परिस्थितिमा रहेको भनेको छन् । पछिल्लो समय अमेरिकी स्टेट पाटर्नसीप प्रोग्राम (एसपीपी) लगायलाई इङ्गीत गर्दै अध्यक्ष नेपालले देशमा अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेको बन्न खोजेका हुन् ।

प्रतिवेदनमा भनिएको छ– ‘मुलुकमा वाह्य शक्तिहरूको चलखेल बढेर गएको छ । यसरी राजनीतिक क्षेत्र एक प्रकारको अनिश्चयात्मक परिस्थितिबाट गुज्रिरहेको छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *