रिबन

स्थानीय तह चुनावपछि शक्ति सन्तुलनको तस्बिर देखियो : माधव नेपाल

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चूनावपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखिएको बताएका छन् ।

आज (शुक्रबार) काठमाडौंमा बसेको समाजवादीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले चुनावपछि देखिएको अवस्था, पार्टीको नीति र निणर्यका बारेमा आवश्यक समीक्षा गर्नुपर्ने देखिएको बताएका छन् ।

उनले यसअघिको अवस्थाबाट पाठ सिक्दै सम्भावनालाई प्रयोग र चुनौतिको सामना गर्न बैठकले उचित मागदर्शन तय गर्ने बताए । अहिले पार्टीले कुनै पनि नीति तय गर्दा परिस्थितिको विश्लेषण गर्दै सहि निणर्यमा पुग्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

पोलिटब्युरो बैठकले स्थानीय तह चुनावको समीक्षा र आगामी चुनावका लागि आवश्यक रणनीति बनाउने समाजवादीले जनाएको छ । बैठकको पूर्वसन्ध्यामा सरकारमा सहभागी चार मन्त्रीसहित १० जना सांसदले संसदीय दलको बैठक माग गरेका छन् । चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा नेकपा एकीकृत समाजवादीभित्र विवाद शुरु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *