काठमाण्डाै । मुगु जिल्लास्थित एमाले पार्टीका निलम्बित सांसद मोहन बानियाँका कान्छा छोरालाई प्रहरीले मंगलबार दिउँसो पेस्तोलसहित पक्राउ गरेको छ ।
खत्याड गाउँपालिका ७ माँझचौरमा अर्पण बानियाँ पेस्तोलसहित प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जनाए ।
पक्राउ परेका अर्पणलाई थप अनुसन्धानका लागि बुधबार जिल्ला सदरमुकाम ल्याइने उनले बताए । खत्याड गाउँपालिकाको मतगणना माझचौरमा भइरहेको अवस्थामा प्रहरीले उनलाई पेस्तोलसहित फेला पारेको थियो ।
वानिया महिलालाइ वलात्कार गरेकाे अभियाेगमा निलम्वित भएका छन ।




