रिबन

काठमाडौंमा स्थापितभन्दा बालेन ४५ सय मतले अगाडि

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो अग्रतातफै अघि बढेका छन् । सार्वजनिक पछिल्लो मत परिणाम अनुसार शाहले ९ हजार ६०५ मत पाएका छन्।

शाहलाई नेकपा एमालेका केशव स्थापितले ५ हजार १०४ मत सहित पछ्याइरहेका छन् । उनी बालेनभन्दा ४ हजार ५ सय बढी मतले पछि छन्। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ हजार ४८३ मत पाएर एमालेलाई पछ्याइरहेकी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *