समाचार

अपरान्ह दुई बजेसम्म देशभर ४१ प्रतिशत मत संकलन :निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले अपरान्ह दुई बजेसम्म देशभर करिव ४१ प्रतिशत मत खसेको जनाएको छ । 

आज कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं.१७ बाहेकका सबै स्थानीय तहमा एकसाथ र्निवाचन भइरहेको छ । 

स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ । 

आयोगले छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *