रिबन

भीम रावलकाे ठाेकुवा-कम्युनिष्टले काँग्रेसलाइ भाेट हाल्दैन

काठमाण्डाै। नेकपा एमाले नेता भीम रावलले सच्चा कम्युनिस्टले काँग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍नेले काँग्रेससँग कुन आधारमा गठवन्धन गरेकाे भनेर सवाल खडा गरेका छन ।
उनले सत्ता स्वार्थका लागि काँग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे । सच्चा कम्युनिस्ट पार्टीले काँग्रेसलाई भोट हाल्न नसक्ने उनको भनाइ छ । रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्‍न आग्रह गरे । एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निमार्णका कार्यले तीव्रता पाउने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *