काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका विरुद्धमा नबोल्न आग्रह गरेका छन् । यदि गठबन्धनका वारेमा बोलेमा कारवाही गर्ने समेत चेतावनी दिएका छन् । आज शनिबार जनकपुरमा आयोजित ५ दलीय गठबन्धनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री देउवाले यस्तो उल्लेख गरेका हुन ।
प्रधानमन्त्री देउवाले गठबन्धनको विरुद्धमा बोल्ने र पार्टी बाहिर गएर उम्मेदवारी दिनेहरूका लागि पार्टीमा कुनै स्थान समेत नरहने बताएका छन् । ‘लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धन विरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उम्मेदवारी दिनु उचित नहुने उनको भनाइ छ ।
आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधान गर्न आफु गम्भिर रहेको र नागरिकताबाट कोही पनि बञ्चित नरहने समेत बताए ।
नागरिकता लगायतका समस्या समाधान गर्न र संघीयता संस्थागत गर्न गठबन्धनको आवश्यकता रहेकाले नै गठबन्धनको ठूलो आवश्यकता र महत्व दुबै उतिकै रहेको बताएका छन् । ‘प्राप्त अधिकार संस्थागत गर्न र निरंकुश तथा तानाशाह प्रवृत्तिलाई अन्त्य गर्नका लागि गठबन्धनलाई विजयी बनाउनु आवश्यक रहेको उनले बताए ।




