काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले मुलुकलाई संकटतिर धकेल्ने शक्तिविरुद्ध दह्राेगरी उभिनुपर्ने बेला भएकाे बताएका छन् । शुक्रबार काठमाडाैँमा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै नेता पाैडेलले यस्ताे बताएका छन् । ‘हामी संविधान जाेगाउने, लाेकतन्त्र जाेगाउनेतिर लागाैँ ।
साझा मिसन भनेकाे यही हाे । अग्रगमनलाई गाेजाउनुपर्छ । याे गठबन्धन प्रगतिशील गठबन्धन हाे । मुलुकलाई अस्तव्यस्त गराउनका लागि प्रतिगामी शक्तिहरू एकठाउँमा आएका छन् । यसविरुद्ध गठबन्धन उठ्नुपर्छ ।’
उनले हालसम्मका परिवर्तन जाेगाउनका लागि पनि सत्तारुढ गठबन्धन आवश्यक रहेकाे बताए । ‘अहिलेसम्मका उपलब्धिहरूलाई उल्ट्याउन खाेजिएकाे छ । यसकाे संरक्षण गर्नका लागि गठबन्धन हुन आवश्यक छ ।’




