काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान अवस्थामा गठबन्धन राष्ट्रिय आवस्यकता भएको बताएका छन् । आज बुधबार विराटनगरमा काँग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले आवस्यकताका कारण नै गठबन्धन गरेर निर्वाचनमा जानु परेको उल्लेख गरेका छन् । ।
काँग्रेस, माओवादी, जसपा, जनमोर्चा र एकीकृत समाजवादीबीच जुन गठबन्धन बनेको छ यो अहिलेको राष्ट्रिय आवस्यकता अनुसार बनेको देउवाले बताए । गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गर्दै देउवाले आँफुलाई प्रधानमन्त्री बन्ने रहर नै नभएको उललेख गरे ।’
उनले आफू प्रधानमन्त्री भएपछि कुनै डर त्रास नरहेको भन्दै गठबन्धनको सरकारले प्रजातन्त्रलाई सुदृढ गर्ने उदेश्य राखेको बताए । गठबन्धनप्रति कुनै शंका उपशंका गर्ने काम गर्न नहुने र काँग्रेसले गठबन्धनलाई धोका नदिेने समेत बताए ।
काँग्रेसले कुनै हालतमा गठबन्धन भंग गर्ने काम नगर्ने , देउवाको भनाइ छ । उनले विराटनगरको ऐतिहासिक महत्वबारे खोज अनुसन्धान हुने भन्दै राजनीतिक हिसावले पनि विराटनगरको छुट्टै महत्व बोकेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले निर्वाचनपछि काँग्रेसको नेतृत्वमा सरकार बन्न सफन भएमा जेष्ठ नागरिकहरुलाई ६५ वर्षमै भत्ता दिने व्यवस्था मिलाउने पनि उल्लेख गरेका छन् । यसको व्यवस्था आफुले पहिले पनि गरेको तर ओली नेतृत्वको सरकारले त्यसलाई अस्वीकार गरेको देउवाको दावी छ ।




