रिबन

सामाजिक सञ्जालमा भ्रामक सामाग्री पोष्ट गर्नेलाई कडा कारबाही गर्ने निर्वाचन आयोगको कडा चेतवानी

काठमाडौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचारसंहिताविपरीतका सामाग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोष्ट गरेमा कडा कारबाही गर्ने बताएका हुन ।

निर्वाचन आचारसंहिताविपरीतका सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनअनुसार कारवाही गरिने प्रष्ट पारे ।

चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारवाही गरिने उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *