रिबन

बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको सात बुँदे निर्देशन, अझै समझदारी गर्ने

काठमाडौँ । सत्तारूढ गठबन्धनले स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनको निर्णयविपरीत दर्ता भएका सबै उम्मेदवारी फिर्ता गर्ने भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे गठबन्धनका शीर्ष नेताहरूकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

बैठकपछि गठबन्धनका शीर्ष नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेकाे हाे ।

त्यस्तै, गठबन्धनले सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरूलाई निर्देशन समेत दिएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *