काठमाणडाै । स्थानीय चुनावमा गठवन्धन गरेका दलहरुलाइ वागी उम्मेदवारले हैरान पारेका छन । जताततै वागी उम्मेदवार खडा भएपछि अहिले सवै पार्टीले वागीलाइ तुरुन्त उम्मेदवारी फिर्ता लिन चेतावनी दिइरहेका छन।फिर्ता नलिनेलाइ कारवाही पनि हुन थालेकाे छ। वागी उम्मेदवार वढन थालेपछि नेकपा माअेावादीले वैशाख १५ गतेभित्र अनिवार्य उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ। त्यस्तै, पार्टीको निर्देशनविपरीत कदम नचाल्न पनि निर्देशन दिएको छ।
बागी उम्मेदवारी मनोनयन फिर्ता नलिए समितिले जारी गरेको निर्वाचन निर्देशिका अनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारबाही गर्ने चेतावनी दिएको छ।त्यस्तै, विपक्षी दलका उम्मेदवार र बागी उम्मेदवारलाई सहयोग पुर्याउनेमाथि पनि कारबाही गर्ने माअेावादीले चेतावनी दिएको छ।
गठबन्धनबाट आधिकारिक उम्मेदवारी दिएको स्थाहरूका धेरै बागी परेको छ । भागबण्डा टुंगो लगाउन समय लगाएपछि अधिकांश ठाउँमा बागी उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जाजरकोटको बारेकोट, जुनिचाँदे र छेडाडगाडबाहेक जिल्लाका अधिकांश ठाउँमा बागी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । रुकुम पश्चिम र सुर्खेतमा गठबन्धन दलहरूबीचमा सहमति नै हुन सकेको थिएन ।
यहाँ सत्तारुढ दलहरूले छुट्टाछुटै मनोनयन दर्ता गराएका थिए । बाँकी आठ जिल्लामा अधिकांश ठाउँमा बागी उम्मेदवार धेरै रहेको मुख्य निर्वाचन अधिकृको कार्यालयले जनाएको छ । नेकपा एमालेबाट उम्मेदवार भएको ठाउँमा बागी परेको छैन ।
बागी उम्मेदवारी दिनेमा नेपाली कांग्रेस अगाडि छ । आधिकारिक उम्मेदवारले बागी उम्मेदवार भएका व्यक्तिलाई फकाउँदै समय लाग्ने गरेको उनीहरूको भनाइ छ । यता प्रदेश इन्चार्ज र सभापतिहरूले बागीलाई तत्काल उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । जिल्ला स्वतन्त्र उम्मेदवारहरूको संख्या समेत निकै बढी छ ।
कर्णाली प्रदेशका १० जिल्लामा एक सय ६३ जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा १४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाअध्यक्षमा तीन सय जना र उपाध्यक्षमा दुई सय ७६ जनाले उम्मेदवारी दिएका छन् । सबै तहमा जम्मा १२ हजार आठ सय ४८ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । कर्णाली प्रदेशमा प्रमुखभन्दा उपप्रमुखमा कमको उम्मेदवारी परेको छ ।
गाउँपालिकाको अध्यक्षमा भन्दा उपाध्यक्षमा कम उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार सल्यानमा प्रमुखमा १५ जना, उपप्रमुखमा १७ जना, अध्यक्षमा ३७ जना, उपाध्यक्षमा ३५ जना र वडाध्यक्षमा ३६४ जनाले उम्मेदवारी दिएका छन् । डोल्पामा प्रमुखमा १२, उपप्रमुखमा १५, अध्यक्षमा ११, उपाध्यक्षमा ११ र वडाअध्यक्ष १६५ जनाले उम्मेदवारी दिएका छन् ।
मुगुमा प्रमुखमा आठ जना, उपप्रमुखमा ६ जना, अध्यक्षमा १२ जना, उपाध्यक्षमा सात जना र वडाध्यक्षमा एक सय २७ जनाले उम्मेदवारी दिएका छन् । जुम्लामा प्रमुखमा नौ जना, उपप्रमुखमा आठ, अध्यक्षमा ५०, उपध्याक्षमा ५० र वडाध्यक्ष ३३२ जनाले उम्मेदवारी दर्ता गराएको पाइएको छ । कालीकोटमा प्रमुखमा १४, उप्रमुखमा ११, अध्यक्षमा ५२, उपाध्यक्षमा ४६ र वडाध्यक्षमा चार सय दुई जनाले उम्मेदवारी दिएका छन् ।
हुम्लामा प्रमुखमा सून्य, उपप्रमुखमा सून्य र अध्यक्षमा २९ र उपाध्यक्षमा ३५ र वडाध्यक्षमा एक सय ६७ जनाले उम्मेदारी दिएका छन् । जाजरकोटमा प्रमुखमा १५ , उपप्रमुखमा १२ र अध्यक्षमा १८, उपाध्यक्षमा १८ जनाले, वडाध्यक्षमा तीन सय जनाले उम्मेदवारी दिएका छन् ।
दैलेखमा प्रमुखमा २६, उपप्रमुखमा २६, अध्यक्षमा ५०, उपाध्यक्ष ३९ र वडाध्यक्षमा चार सय ७० जनाले उम्मेदवारी दिएका छन् । सुर्खेतमा प्रमुखमा ४८, उपप्रमुखमा ४१, अध्यक्षमा २३, उपाध्यक्षमा २३ र वडाध्यक्ष चार सय ९९ जनाले उम्मेदवारी दिएका छन् ।
रुकुम पश्चिममा प्रमुखमा १६, उपप्रमुखमा १२, अध्यक्षमा १८, उपाध्यक्षमा १२ र वडाध्यक्षमा दुई सय २७ जनाले मनोनयन दर्ता गरेका छन् । कर्णाली प्रदेशमा ७९ स्थानीयत तह रहेका छन् ।
बागी उम्मेदवारहरूले १६ वैशाखसम्ममा उम्मेदारी फिर्ता लिने समय रहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशका अध्यक्ष तथा इन्चार्जहरूले बागी उम्मेदवारी दिएका व्यक्तिले तुरुन्तै फिर्ता लिन आग्रह गरेका छन् ।




