रिबन

सिटौलाको उम्मेदवार महामन्त्री विश्वप्रकाश शर्माले खोसे

काठमाडौं ।कांग्रेसले मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै कांग्रेस केन्द्रीय संसदीय बोर्डले बुढाथोकीलाई मेचीनगरको प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रदेश संसदीय समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको टिकट खोसेर बुढाथोकी कांग्रेसको आधिकारिक उम्मेदवार भएको सभापति शेरबहादुर देउवाले प्रमाणित गरेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर समेत रहेको मेचीनगरको प्रमुखको टिकट प्रदेश समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको थियो ।

नेता कृष्णप्रसाद सिटौला निकट पाण्डेलाई प्रदेश संसदीय बोर्डले टिकट दिएपछि केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माको हस्तक्षेपमा बढाथोकीलाई उम्मेदवार बनाइएको छ । सिटौला निकट कांग्रेस प्रदेश – १ का सभापति उद्धव थापाले पाण्डेलाई दिएको टिकट महामन्त्री शर्माले केन्द्रबाट खोसिएको अवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *