रिबन

मतदाता आकर्षित गर्न साडी बाँड्दै वडाध्यक्ष

 काठमाडौं ।काठमाडौं चन्द्रागिरि नगरपालिकाको एक वडाका अध्यक्षले स्थानीय तह निर्वाचनमा मतदाता प्रभावित पार्न सरकारी बजेटको दुरुपयोग गरेका छन् । वडानम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सरकारी बजेटबाट साडी खरिद गरेर वितरणको तयारी गरेका छन्।

उनले शुक्रबार वडा कार्यालयको लेटर प्याडमा सार्वजनिक सूचना जारी गरेर साडी वितरणको मिति र समय सार्वजनिक गरेका छन्। सूचना अनुसार शनिबार दिउँसो २ बजे वडा कार्यालयमा महिलालाई साडी वितरणको तयारी गरिएको छ।

वडा कार्यालयमा साडीका लागि निवेदन दिएका महिलालाई वडा कार्यालयमा गएर साडी बुझ्न भनिएको छ। वडा सदस्य पुरुषोत्तम रिजालले वडा कार्यालयले महिलालाई साडी वितरणका लागि सार्वजनिक सूचना जारी गरिएको पुष्टि गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *