रिबन

कमल थापालाई समर्थन गर्दै शंकर पोखरेलले दिए भीम रावललाई जवाफ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्र छाडेका कारण उनलाई सूर्य चुनाव चिन्हबाट चुनाव लड्न सहमति दिएको दाबी गरेका छन् ।

नेता भीम रावलले कमल थापालाई सूर्य चिन्हमा चुनाव लड्न दिने सहमतिको विरोध गरेकै दिनमा अन्य दलले सूर्य चिन्ह स्वीकार गर्नु राम्रो भएको बताएका हुन् ।

महासचिव पोखरेलले भनेका छन्,‘विखण्डनलाई छोड्दा सिके राउतलाई, हिंसालाई छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक छ । सूर्य चिन्ह अरुदलले स्वीकार्नु राम्रो कुरा हो ।’

यसअघि राजावादीका रुपमा रहेका कमल थापालाई सूर्य चुनाव चिन्हबाट चुनाव लड्न दिने सहमति भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *