रिबन

भीम रावलकाे ओलीलाइ प्रश्न-एमाले अव ‘रामाले’भयाे ?

काठमाण्डाैं । नेकपा एमालेका नेता डा.भीम रावलले पार्टी अध्यक्ष केपी ओलीलाइ कडा ब्यग्य ठाेकेका छन। राप्रपा नेपालका अध्यक्षा कमल थापाले एमालेकाे चुनाव चिन्ह सुर्यबाट चुनाव लडने सहमति भएकाे वताएपछि डा.रावलले पार्टी अध्यक्ष ओलीलाइ कडा प्रश्न गरेका हुन।

उनले शुक्रवार राती अध्यक्ष ओलीलाइ प्रश्न गर्दै राप्रपाका कमल थापाले सुर्य चुनाव लिने भएपछि जबज वाेकेकाे एमाले नाम परिवर्तिन भएर रामाले हुने भयाे त ? भनेर सवाल खडा गरेका छन । उनले भनेका छन-राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन्।उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुनेभयो त? धन्य हो! छेपारो राजनीतिको करामत? समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *