रिबन

प्रचण्डको चुनावी रणनीति–दलितलाइ लालपुर्जा वितरण

काठमाण्डौं । चुनाव नजिकिदै जादा नेकपा माओवादी केन्द्रले रणनीति वदलेको छ । आक्रामक रुपमा चुनावको प्रचार प्रसार गरिरहेको नेकपा एमालेलाइ चुनौती दिन माओवादी केन्द्रले चुनावको प्रचार प्रसार संगसंगै मतदातालाइ फकाउने काम पनि गर्न थालेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर मतदातालाइ गरिव,दलित,भुमिहिन भन्दै विकास निर्माण देखि सुकुम्वासीलाइ लालपुर्जा समेत वितरण गर्न थालेको छ । उनले आजै मात्र पनि चितवन पुगेर दलित सुकुम्वासीलाइ लालपुर्वा वितरण गरेका छन । आफनो साथमा मन्त्री शशी श्रेष्ठलाइ लगेका दाहालले भुमि प्राप्तिको राष्ट्रिय अभियान नारा दिएर भुमिहिन दलितहरुलाइ जग्गाधनी लालपुर्जा वितरण गरेका छन । उनले भरतपुर महानगरपालिका २ आपटारीमा लालपुर्जा वितरण गरेका हुन । उनी हरेक हप्ता चितवन पुगेर मतदातालाइ प्रभावमा पार्ने काम गरिरहेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *