काठमाडौं । गत शुक्रबारबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि पनि बस्ने भएको छ । केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएकाले भोलि मंगलबार ३ बजे पुन बस्ने गरी आजको बैठक सकिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय— पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु— फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्वे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार र केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, बलबहादुर के.सी., बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रमेश लेखक, रामजनम चौधरी, यज्ञराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, मञ्जु खाँण, सुशीला थिङ र गणेश लामाले आ–आफ्नो धारणा राखेका थिए ।
केन्द्रीय समितिको बैठक आज सकिने अनुमान गरिएको थियो । बैठकमा स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने वा नजाने भन्ने विषयमा छलफल भएको थियो भने निर्वाचनमा उम्मेदवारको मापदण्ड निर्धारण गर्ने बताइएको छ ।




