रिबन

‘चुनावमा गठबन्धन आवश्यक छ, कहाँ र कसरी भन्ने चाँडै निर्णय हुन्छ’

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको जारी केन्द्रीय कार्यसमितिबाट चुनावी गठबन्धनका विषयमा नीतिगत निर्णय हुने बताएका छन् । सानेपामा जारी केन्द्रीय समितिको बैठकबाट बाहिरिने क्रममा पौडेलले पत्रकारसँग अनौपचारिक कुराकानीमा यस्तो जानकारी गराएका हुन् ।

‘गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निणर्य लिनेछ । कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो’, उनले भने, ‘चुनावी तालमेलमार्फत गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ ।’

उनले धेरैजसो केन्द्रीय सदस्यहरूले पनि गठबन्धनकै पक्षमा धारणा राखेको जानकारी दिए । ‘धेरै साथीहरूको धारणा चुनावी तालमेलकै पक्षमा आएको छ’, पौडेलले भने, ‘कहाँ-कहाँ लिने, कहाँ-कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ । यो बैठकले चुनावबारे सैद्धान्तिक निणर्य मात्र गर्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *