रिबन

के ओली ज्ञानेन्द्र निवास धाउँछन ?

काठमाण्डौं । चार पाच दशक देखि संगै राजनीति गरेका नेता माधव नेपालले केपी ओलीलाइ राती राती पुर्वराजा ज्ञानेन्द्रको निवास धाउने गरेको आरोप लगाइदिएका छन । उनले यो आरोप त्यतिवेला लगाए जतिवेला पुर्वराजा ओलीकै गृहजिल्ला झापा पुगेका थिए । चुनावको वखतमा नेताहरु अलि बढी नै क्रान्तिकारी हुने गर्दछन । तर,चुनावी भाषणको दौरान नेता नेपालले ओलीलाइ यसरी हमला गरे कि उनी दरवारिया हुन भनेर सावित गर्ने कोशिश गरे । के ओली राजभक्त हुन त ?
हरेक चुनावमा माधव नेपाललाइ निचा देखाउन राजा ज्ञानेन्द्रलाइ प्रधानमन्त्री वनाइदेउ भनेर विन्ति हालेको र दाम चढाएर ढोगेको तस्वीर सार्वजनिक गर्ने गरिन्छ । कम्युनिष्ट राजनीतिमा आफु क्रान्तिकारी र अर्को पक्षलाइ दरवारिया वा विदेशीको दलाल सजिलै भन्ने चलन छ । यसपटक पहिलो हमला नै नेपालले गरेका छन । अरुले दाम चढाएको प्रचार गर्नु अघि नै उनले ओलीलाइ दक्षिणपन्थी भनिसकेका छन र आफुलाइ लोकतन्त्रवादी र क्रान्तिकारी भनेका छन । चुनावी भाषणको दौरान केही मानिस एमाले छाडेर माधवको दलमा आएपछि नेता नेपालले हौसिएर ओलीलाइ दरवारिया भनेका हुन ।
चुनावको मुखमा प्रमुखदलहरु गठवन्धन गर्ने वा नगर्ने भन्ने विचार विमर्शमा छन । सवै आफनै वलवुतामा चुनाव लडने वताइरहदा भर्खर वनेको दल माधव नेपालको एकिकृत समाजवादीले कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरवहादुर देउवाकी पत्नी आरजु देउवाले गठवन्धन गर्नुपर्छ भन्दा धन्यवाद समेत दिएका छन । यस्तो बेलामा उनले ओलीलाइ दरवारिया भन्न चुकेनन । सत्ता गठवन्धन चुनावसम्म जाने वताइरहदा केपी ओली के गर्दछन भन्ने प्रश्न छ । उनले अब कमल थापाको दल राप्रपा नेपाल,महन्थ ठाकुरको दल लोसपासंग मिल्ने तयारी गरेको वुझन सकिन्छ । यति मात्र होइन,ओलीको एमालेले यसपटक नजानिदो ढंगबाट धर्मको मुद्धा वोक्ने देखिन्छ । उनले संघियता नरुचाएको कुरा पनि प्रष्टै छ । यसकारण अन्य वाम दलहरु दक्षिणन्थी भन्ने गर्दछन । तर कतिपय वाम विश्लेषकहरु भने स्थानीय चुनाव जसोतसो लडेर वामहरु संसदको चुनावमा एक हुन्छन भन्न थालेका छन । उनीहरुको कुरालाइ वल पुग्नेगरि एमाले नेता घनश्याम भुषालले एकताको वाटोमा जानु पर्ने वताइसकेका छन । वाम राजनीतिमा फुट र एकता सधैं जारी रहन्छ यसकारण भनेको हुनुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *