रिबन

रामचन्द्रको गुटगत भेलामा शेखर र प्रकाशमान गएनन

काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डाकेको भेलामा डा.शेखर कोइराला र प्रकाशमान सिह अनुपस्थति भएका छन । पार्टीको केन्द्रिय समितिको वैठकमा वोल्नु अघि धारणा वनाउन काठमाण्डौंमा उपलब्ध जिल्ला सभापतिको भेला पौडेलले डाकेका थिए । उनले आफनै निवास वोहराटारमा डाकेको भेलामा डा.शशांक कोइराला,दीपक गिरी सहितका नेता उपस्थित छन तर प्रकाशमान सिह र डा.शेखर कोइराला भने अनुपस्थित भएका छन । सभापति शेरवहादुर देउवाले नेविसंघ र तरुण दलमा एकलौटी ढंगबाट संयोजक तोकेपछि नेताहरु भडकिएका छन । यहि विषयमा धराणा वनाउन पौडेलले भेला डाकेका थिए । नियुक्तिलाइ लिएर डा.कोइरालाले समानान्तर कमिटीसम्म वनाउने भन्दै असन्तुष्टि पोखिसकेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *