रिबन

कम्युनिष्ट देखेर प्रचण्ड छक्क ! भन्छन-माओवादी पनि कति हुन कति ?

काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्ने कुरामा जोड दिएका छन । पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले प्रतिगमन विरोधी आन्दोलनले जनता अग्रगमनका पक्षमा भएको पुष्टि गरेकोले क्रान्तिकारी रुपान्तरण गर्दै नयाँ पार्टी निर्माण सम्भव भएको बताएका छन । उनले भनेका छन-क्रान्तिको एउटा निश्चित स्थानमा पुगेपछि पार्टी भित्र नै क्रान्ति गुर्न पर्ने रहेछ । चिनियाँ कम्युनिगट आन्दोलनमा पनि कमरेड माओले पार्टी भित्र एउटा ठुलो फड्कोको रुपमा महान सर्वहारा साँस्कृतिक क्रान्तिको दिशामा जानुभयो । हामी थाहै नपाई विचलित भएको जस्तो, यसबाट कसरी उम्कने हो भन्ने मेसो नपाएको जस्तो देखिएको छ ।युद्धपुर्व पनि पार्टीमा यस्तै खाले समस्या देखिएको उनले बताए । प्रचण्डले भने-जब २०५२ १ बाट जनयुद्धको बाटोमा अघि बढाईयो त्यसपछि त्याग, तपस्या र बलिदानको बाटो शुरु भयो । हामी सँग न हतियार थियो, न फौज थियो, न त अरु कुनै शक्तिको सहयोग थियो । हामीले जनताको बलमा, सहि विचारको आलोकमा यहाँ आईपुग्यौं ।

इतिहासका जटिल कालखण्डको ब्याख्या गर्दै शान्ति प्रक्रियापछि कटवाल काण्ड हुँदै पार्टी विभाजनको श्रृंखला शुरु भएको उनको भनाई थियो। यो अवस्थाले पार्टी र आन्दोलनमा निराशा जन्माएको भएपनि अहिले भने फेरी क्रान्तिकारी ध्रुवीकरणको उत्साह जागेको बताए । उनले भने-एउटा, दुइवटा, तीनवटा कति हो कति। अहिले फेरी एकता कति हो कति १४,१५ समुह लाईनमा छन।

पार्टीलाई रुपान्तरण गर्नुपर्नेमा विशेष जोड दिँदै अध्यक्ष प्रचण्डले भने-फलाम तातेको बेला हान्न पर्छ, यहि हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका हौं।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *