काठमाडौँ । ७७ जिल्लामै नयाँ सभापतिसहित कार्यसमिति चुन्दै नेपाली कांग्रेसको १४औं महाधिवेशनले बिट मारेको छ । आइतबार सिन्धुपाल्चोक, सर्लाही, बारा जिल्लाको नेतृत्व चयन गर्दै कांग्रेस जिल्ला अधिवेशन सम्पन्न भएको हो।
गत असोजबाट शुरु भएको कांग्रेस जिल्ला अधिवेशन दसैंअगाडि हिमाली जिल्ला, मंसिर ६ गते एकमात्र निर्वाचन क्षेत्र भएका जिल्ला र मंसिर १० गतेबाट एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा भएको थियो । महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्षले ४४ जिल्ला नेतृत्व हासिल गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेका छन्।
देउवा पक्षबाट निर्वाचित सभापति:-
१ लमजुङ, सभापति टकराज गुरूङ
२ सल्यान, सभापति केशवबहादुर विष्ट
३ डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
४ डडेल्धुरा, सभापति भीमबहादुर साउद
५ म्याग्दी, सभापति खमबहादुर गर्बुजा
६ ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
७ मुगु, सभापति ऐनबहादुर शाही
८ पाँचथर, सभापति रूपनारायण जवेगु
९ मनाङ, सभापति शंकर गुरूङ देउवा
१० हुम्ला, सभापति मोहनविक्रम सिंह
११ बझाङ, सभापति खड्क बोहरा
१२ रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
१३ जुम्ला, सभापति कर्णबहादुर शाही
१४ जाजरकोट, सभापति बेदराज सिंह
१५ डोटी, सभापति नरेन्द्रबहादुर सिंह
१६ रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली
१७ ओखलढुंगा, सभापति तेजेन्द्र खनाल
१८ झापा, सभापति देउमान थेबे
१९ बागलुङ, सभापति जित शेरचन
२० पर्वत, सभापति युवराज जोशी
२१ इलाम, सभापति डम्बरबहादुर खड्का
३३ सुर्खेत, सभापति खड्ग पोखरेल
२३ रूपन्देही, सभापति रामकृष्ण खाण
२४ कास्की, सभापति किशोरदत्त बराल
२५ काभ्रे, सभापति तीर्थ लामा
२६ तनहुँ, सभापति जितप्रकाश आले
२७ ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ
२८ कञ्चनपुर, सभापति पदम बोगटी
२९ उदयपुर, सभापति हिमाल कार्की
३० भक्तपुर, सभापति दुर्लभ थापा
३१ बर्दिया, सभापति अरूणप्रकाश सिंह राठौर
३२ सोलुखुम्बु, सभापति नाम्गेल जाङ्बु शेर्पा
३३ रसुवा, सभापति पेम्वाछिरिङ तामाङ
३४ धनकुटा, सभापति दिनेश राई
३५ कैलाली, सभापति नारायणदत्त भट्ट
३६ मकवानपुर, सभापति बुद्ध लामा
३७ पर्सा, सभापति जनार्दनसिंह क्षेत्री
३८ सर्लाही, सभापति सुरेन्द्रप्रसाद सिंह
३९ सिन्धुपाल्चोक, सभापति जंगबहादुर तामाङ
४० धनुषा, सभापति योगेन्द्र पजियार
४१ रौतहट, सभापति सुनिलकुमार यादव
४२ अछाम, सभापति पुष्पबहादुर शाह
४३ बारा, सभापति राजेश राय यादव
४४ सिरहा, सभापति रामचन्द्र यादव
पौडेल र शेखर पक्षबाट निर्वाचित सभापतिः-
१ प्युठान, सभापति विष्णुकुमार गिरी
२ अर्घाखाँची, सभापति केशव श्रेष्ठ
३ रोल्पा, सभापति किशोर आचार्य
४ बैतडी, सभापति चतुरबहादुर चन्द
५ दोलखा, सभापति बर्मा लामा
६ गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
७ कालिकोट, सभापति अम्बबहादुर शाही
८ संखुवासभा, सभापति दीपक खड्का
९ रूकुमपूर्व, सभापति केशरमान रोका
१० मुस्ताङ, सभापति रोमीगौचन थकाली
११ भोजपुर, सभापति विनोद वान्तवा
१२ बाजुरा, सभापति रामसिंह रावल
१३ तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे
१४ नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल
१५ पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ
१६ स्याङ्जा, सभापति राजु थापा
१७ खोटाङ, सभापति विष्णुकुमार राई
१८ दार्चुला, सभापति ललितसिंह बोहरा
१९ नुवाकोट, सभापति रमेश महत
२० दाङ, सभापति शंकरप्रसाद डाँगी
२१ दैलेख, सभापति मणिराम रेग्मी
२२ गुल्मी, सभापति खिलध्वज पन्थी
२३ काठमाडौं, सभापति कृष्णसबुज बानियाँ
२४ धादिङ, सभापति रामनाथ अधिकारी
२५ सुनसरी, सभापति केदार भण्डारी
२६ कपिलबस्तु, सभापति अब्दुल कलाम खाँ
२७ मोरङ, सभापति डिगबहादुर लिम्बू
२८ चितवन, सभापति राजेश्वर खनाल
२९ बाँके, सभापति नारायण गौडेल
३० नवलपुर, सभापति महेन्द्रध्वज जिसी
३१ महोत्तरी, सभापति नागेश्वर यादव
३२ सिन्धुली, सभापति उपेन्द्र पोखरेल
३३ सप्तरी, सभापति रामदेव साह




