रिबन

अर्थतन्त्रका बारेमा स्वेतपत्र जारी गर्न एमाले अध्यक्ष ओलीको माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको आर्थिक अबस्थाका कारेमा स्वेतपत्र जारी गर्न माग गरेका छन् ।

आफु नेतृत्वको सरकारले विदेशबाट ल्याउन खोजेको ऋण र वैदेशिक अनुदान लिने अहिलेको सरकाले चासो नदिएको भन्दै अर्थतन्त्र धराशायी अबस्थामा पुगेको दाबी समेत गरे ।

नेकपा एमालेको उद्योग विभागले गरेको कार्यक्रममा अध्यक्ष ओलीले अब अर्थतन्त्रका बारेमा एमाले चुप लागेर नबस्ने समेत चेतावनी दिए ।

नेपालको अहिलेको आर्थिक अबस्था भयावह अबस्थामा रहेको भन्दै अध्यक्ष ओलीले भने,‘हामी अर्थतन्त्रको भयावह अबस्थामा छौं । नीजि क्षेत्रले असर भोग्नुपरिरहेको छ ।’

सरकारको आलोचना नगर्न खोजेको भएपनि अब सहन नसक्ने अबस्थामा अर्थतन्त्र पुगेको भन्दै अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने समेत बताए । उनले भने,‘सरकारको सारै भयो । आलोचना नगर्न खोज्यौं । सरकारले जुरो हल्लाएर स्वेतपत्र जारी गरेको थियो । फेरी एउटा स्थितीपत्र जारी गर्न अर्थमन्त्रीलाई आग्रह गर्छु ।’

स्वेतपत्रमा जारी गर्दा अहिलेको अर्थतन्त्रको अबस्था मात्रै नभएर समस्याको समाधानको उपाय समेत समावेश गर्न अध्यक्ष ओलीले सरकारलाई सुझाव दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *