रिबन

विआरआई नेपालका लागि उपर्युक्त भएको राष्ट्रपति भण्डारीको भनाई

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले चीनले अघि सारेको विआरआई सम्झौता अघि बढाउन नेपाल र चीन मिलेर जानुपर्ने बताएकी छन् ।

चिनिया सरकारी मुखपत्र ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले विआरआई परियोजना नेपालका लागि आवश्यक रहेको भएपनि सम्झौताको ५ वर्षसम्म कुनै पनि प्रगति हुन नसकेको बताएकी छन् ।

अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले सम्झौताको ५ वर्षसम्म कुनै पनि काम नभएका बारेमा चीन र नेपालका बिचमा छलफल हुनुपर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले सन् २०१९ मा भएको चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमणले दुई देशको सम्बन्ध रणनीतिक रुपमा मजबुद बनाएको बताएकी छन् ।

अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले नेपाल एक चीन नितिप्रति नेपाल प्रतिवद्ध रहेको समेत स्पष्ट पारेकी छन् । चिनिया विदेशमन्त्री नेपाल आउने तयारी भइरहेका बेला चिनिया सरकारी मुखपत्रले राष्ट्रपति भण्डारीसँग अन्तर्वार्ता लिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *