काठमाण्डौं । नेकपा माओवादी केन्द्रमा एमसिसिलाइ लिएर निकै विवाद भएपनि अब यो मुद्धा झिसमिस भएको छ । पार्टीका नेताहरु नारायणकाजी श्रेष्ठ,देव गुरुङ्ग,लिलामणि पोखरेल जस्ता नेताले एमसिसि पास नगर्न तिव्र दवाव दिएपनि अब भने यो मुद्धा नउठने भएको छ । माओवादी स्रोतका अनुसार,माओवादीका नेताहरुले वैठक डाकेर एमसिसिको वारेमा वहश गरेर फेस सेभिङ्ग गर्ने तयारी गरेका थिए तर इतर पक्षको यो चालवाजी वुझेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको वैठक नै पर सारदिए । उनले अब एमसिसिको वारेमा वहश गर्नको लागि भनेर चुनावपछि मात्र पार्टी वैठक राख्ने गरि सारिदिएका छन । उनले यसो गरेपछि अब माओवादीमा एमसिसिको वारेमा वहश नै नहुने भएको छ । माओवादी भित्र एमसिसिको मुद्धा उठाएर प्रचण्डसंग पार्टीको पदाधिकारी वार्गेनिङको तयारीमा रहेका नेता नारायणकाजी श्रेष्ठ भने प्रचण्डको यो चालवाजीपछि मौन भएका छन । उनले एमसिसिमा प्रचण्डलाइ कर्नर पारेर पार्टी महासचिव र सरकारमा आफु पक्षका नेताहरुलाइ मन्त्री वनाउन कोशिश गरेका थिए । तर,प्रचण्डले उनीसंग कुनै सम्झौता नै गरेनन । यसपछि अब माओवादी प्रचण्डको एकल नेतृत्वमा चुनावमा जाने भएको छ ।




