काठमाण्डौं । अमेरिकी विदेश मन्त्री एन्टोनियो ब्लिन्केन र प्रधानमन्त्री शेरवहादुर देउवाविच फोन वार्ता भएको छ । मध्यरातमा प्रधानमन्त्री देउवालाइ विदेश मन्त्री ब्लिन्केनले फोन गरेका थिए । देउवासंग सम्वाद भएको कुरा स्वयम अमेरिकी विदेशमन्त्री ब्लिन्केनले सार्वजनिक गरेका छन । उनले प्रधानमन्त्री देउवासंग युक्रेन मामलामा सम्वाद भएको खुलासा समेत गरेका छन । युक्रेनलाइ रुसले हमला गरेपछि नेपालले साना देशमाथि भएको हमलाको विरोध गर्दै युक्रेनको पक्ष लिएको छ । भारत यतिञ्जेल मौन रहदा नेपालले भने पक्षधरता देखाएको छ । एमसिसि पास भएपछि प्रधानमन्त्री देउवालाइ अमेरिकी विदेश मन्त्रीले मध्यरातमा फोन गरेका हुन । उनले नेपालको आर्थिक मामिला र विकासमा सहयोग जारी राख्ने उनले वचन दिएका छन ।





