रिबन

नेपाली कांग्रेसको ६ जिल्लाको अधिवेशन जारी

काठमाडौं।नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्र्तगत सोमबार ६ जिल्लामा अधिवेशन भइरहेको छ । अधिवेशन अन्र्तगत सोमबार मतदान भइरहेको हो ।

क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो ।

पार्टीले दिएको निर्देशनअनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए ।

निर्वाचन कार्यतालिकाअनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेद्वारको अन्तिम नामावाली प्रकाशन गरिएको थियो भने सोमबार मतदान भइरहेको हो ।

नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर पार्टीको १४औं महाधिवेशन सम्पन्न गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *