काठमाण्डाै ।
काठमाण्डौं । नेकपा एमालेका नेता भीम रावलले एमसिसि सम्झौता ब्याख्यात्मक टिप्पणी गरेर पास गर्ने कुरा गलत भएको वताएका छन । उनले ब्याख्यात्मक टिप्पणीबाट यो नसच्चिने वताएका छन । नेता रावलले जसरी पनि पास गर्ने मनसाय देखिएको भन्दै यसो गर्नु भनेको राष्ट्रमाथि लात्ती हान्नु वरावर भएको वताएका छन । नेता रावलले महाकाली सन्धीमा संकल्प प्रस्ताव पास गरेर पास गर्नु र एमसिसिमा ब्याख्यात्मक टिप्पणी गर्नु उस्तै भएको वताएका छन । उनले भनेका छन–एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो। यो महाकाली सन्धिको ‘संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो।देशघाती चरित्र !




