रिबन

गृहमन्त्रीले राखे एमसीसी अनुमोदनको प्रस्ताव, ओलीले उठाए १४ सांसद कारवाहीको कुरा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री बालकृष्ण खाडले एमसीसी अनुमोदन र संसदको अवरोध हटाउने विषयमा छलफल गरेका छन् ।

मन्त्री खाडले अध्यक्ष ओलीलाई भेटेर एमसीसी अनुमोदनका लागि प्रतिपक्षी दल एमालेले सघाउनुपर्नेमा जोड दिएका थिए ।

ओलीका निजी सचिवालयका अनुसार, मन्त्री खाडले प्रधानमन्त्रीको सन्देश सुनाउँदै ओलीलाई सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

अध्यक्ष ओलीसँग एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेको ओलीको नीजि सचिवालय सदस्य रामशरण बजगाइँले जानकारी दिए ।

त्यसक्रममा अध्यक्ष ओलीले एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस नगरेसम्म एमालेले कुनैपनि संसदीय प्रक्रियामा सहभागिता नजनाउने जवाफ दिएका थिए ।

मंगलबार बेलुका अध्यक्ष ओलीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसीबारे छलफल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *